आज दिनभर मौसम सफा रहने, राति भने केही ठाउँमा वर्षा हुन सक्ने

  • प्रकाशित मिति : २०७७ आश्विन २४, शनिबार
  • nepaltale.com

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) दिनभरको मौसम सामान्य सफा रहने जनाएको छ ।

यद्यपि, प्रदेश नम्बर १, बागमी, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरुमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । बाँकी भागको मौसम भने सामान्य सफा रहने छ ।

यस्तै, आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको छ । उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशातर्फ सर्दै गइरहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वामानुमान

असोज २४ गते (शनिबार)

दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आन्शिक बदली रहने तथा बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आन्शिक बदली रहने तथा बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भू-भागमा आन्शिक बदली रहने छ । प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २६ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको प्रदेश १ मा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । प्रदेश १ र प्रदेश २ को थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।