डा केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आज अनसन तोड्दै (सहमति पत्रसहित)

  • प्रकाशित मिति : २०७७ आश्विन २५, आईतवार
  • nepaltale.com

काठमाडौं। अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ ।

२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।

सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

सरकारले डा केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा. केसीले आज अनसन तोड्ने बताएका छन् ।

डा केसी र सरकारबीच भएको सहमति यस्तो छ-