हात्तीमाथि बसेर योग गर्दा लडे बाबा रामदेव

  • प्रकाशित मिति : २०७७ आश्विन २८, बुधबार
  • नेपाल टेल संवाददाता

योग गुरु बाबा रामदेव योग गर्ने क्रममा लडेका छन् ।

उत्तर प्रदेशको मथुरामा बाबा रामदेवले हात्तीमाथि चढेर योग अभ्यास गर्दै थिए।



उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लियो। रामदेवको बसाईमा सन्तुलन बिग्रिन गयो र उनी लडे।

रामदेव लडेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ।

हात्तीबाट भुइँमा लडे पनि उनलाई कुनै चोट नलागेको उनका सहयोगीहरुले बताएका छन्।

रमन रेती आश्रमा उनले सन्तहरुलाई योग सिकाउँदै आएका छन्।