पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङको बेसीशहर नगरपालिका–२ का ५६ वर्षीय पुरुष छन् ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मंगलबार दिउँसो ४ः२३ बजे मृत्यु भएको हो ।
मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमणका अतिरिक्त मधुमेह, मुटुसम्बन्धी समस्या लगायत रोगबाट ग्रसित थिए ।
लमजुङका पुरुषसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
यस्तै, गण्डकी प्रदेशमा थप १७ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये १ जना क्षयरोग उपचार केन्द्र पोखरामा कार्यरत सवारी चालक हुन् । यस्तै, गोरखाका अन्य १६ जना संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।