भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउँदै

  • प्रकाशित मिति : 2020-10-14
  • nepaltale.com

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ ।

नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ। भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको नेपाली सेनाको जंगीअड्डा स्रोतले जनाएको छ ।

सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल नरभानेको नेपाल भ्रमणको तयारी थालिएको हो । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन ।