फेसबुकमा ‘बलात्कारी समूह’ बनाउने युवक पक्राउ

  • प्रकाशित मिति : २०७७ आश्विन ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । फेसबुकमा ‘बलात्कारी समूह’ बनाएर महिलामाथि अमर्यादित टीकाटिप्पणी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्यूठान घर भई नवलपरासी पूर्व बस्ने १९ वर्षीय नवीन बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।



प्रहरीले उनलाई शुक्रबार कावासोतीबाट पक्राउ गरेको हो । उनले सो समूह आफूले बनाएको स्वीकार गरेका छन् ।

पक्राउ परेपछि उनले महिलालाई अपमान गर्ने उद्देश्यले त्यस्तो समूह नबनाएको दाबी गरेका छन् ।

उनलाई काठमाडौं ल्याई साइबर अपराध मुद्दा चलाउने ब्युरोका एसपी पशुपति रायले बताए ।