आईपीएलबाट बाहिरियो चेन्नई

  • प्रकाशित मिति : २०७७ कार्तिक १०, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। साविक उपविजेता चेन्नई सुपर किंग्स यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।

अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै चेन्नई आईपीएलबाट बाहिरिएको हो ।



राजस्थानले मुम्बईमाथि ८ विकेटको शानदार जित निकालेसँगै प्लेअफमा पुग्ने चेन्नईको समीकरण समाप्त भएको हो ।

चेन्नईले लिगको बाँकी दुई खेल जिते पनि प्ले अफ पुग्ने छैन । चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ ।

१२ खेलमा मात्र ८ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।