पाल्पामा कोरोनाले थप २ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ कार्तिक ११, मंगलवार
  • नेपाल टेल संवाददाता

पाल्पा । पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो ।



पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिलाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो ।

उनमा कोरोनाका लक्षण समेत देखिएको अस्पतालले जनाएको छ ।

रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको पनि सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।