एक महिनाअघि नै मृत्यु भएका व्यक्ति अमेरिकाको सांसदमा निर्वाचित

  • प्रकाशित मिति : २०७७ कार्तिक २०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । एक महिनाअघि नै मृत्यु भएका व्यक्ति अमेरिकाको सांसदमा निर्वाचित भएका छन् ।

अमेरिकाको नर्थ डाकोटा राज्यमा कोरोना संक्रमणको कारण गत महिना मृत्यु भएका एक व्यक्ति सांसदमा निर्वाचित भएका हुन् ।



कोभिड १९ को कारण निधन भएका ५५ वर्षिया डेभिड अन्डल नर्थ डाकोटा राज्य संसदको सदस्यमा निर्वाचित भएका हुन ।

उनकी आमा प्याट अन्डलका अनुसार गत जुनमा रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा लामो समयदेखि सो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका नेतालाई हराएर डेभिड उम्मेदवार बनेका थिए।