काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले आफुसँगको सम्झौता कार्यान्वयन नभए सरकार विरुद्ध २० औं अनसन बस्ने चेतावनी दिए।
डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समानान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन।
सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको उनको भनाइ छ।
डा। केसीले आफूसँग सरकारले पछिल्लो पटक सम्झौता गरेको एक महिना पुग्नै लागेको भन्दै सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने भएको जानकारी दिदै काम शुरु गरिहाल्नुपर्ने बताए ।
उनले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफुसँग सम्झौता गर्न बाध्य भएका पनि उल्लेख गरे । सरकारले गरेको सम्झौता कार्यन्वयन गराउन सरकारलाई खबरदारी गर्न सबैलाई उनले अपिल पनि गरे ।