बेलायत, भारत, फिलिपिन्स र बेल्जियमका नागरिकलाई चीन प्रवेशमा रोक

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। कोरोनाभाइरसको महामारीका कारण चीनले बेलायत, भारत, फिलिपिन्स र बेलायतका यात्रुलाई आफ्नो देशमा प्रवेशका लागि ‘अल्पकालिन’ रुपमा प्रतिबन्ध गर्ने बताएको छ ।

‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालिनरुपमा चीन प्रवेश गर्न रोक लगाइएको छ,’ बेल्जियमस्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्यमार्फत जानकारी दिएको छ ।



यस्तै घोषणा बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले गरेको थियो । यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयले महामारीका कारण यो अल्पकालिन उपाय अंगिकार गरेको दोहोर्याएको छ ।

सीएनएन