सुनको मूल्य बढ्यो

  • प्रकाशित मिति : 2020-11-06
  • nepaltale.com

काठमाडौं। नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ।



बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकोमा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ।

बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ।