बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट

  • प्रकाशित मिति : २०७७ कार्तिक २७, बिहीबार
  • nepaltale.com

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको छ । बुधबार र बिहीबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।