प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटघाट

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • nepaltale.com

काठमाडौं । ३ दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री ओलीलले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका थिए।

देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको प्रधानन्त्री ओलीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरे।

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए।

नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आएका भारतीय सेनाध्यक्ष नरवणेले यसअघि बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको पदवी ग्रहण गरेका थिए।

उनी आजै स्वदेश फर्किँदै छन्। भारतीय सेनाध्यक्ष नरवणेले गत बर्ष कालापानी, लिम्पियाधुरा र लिपुलेकको मामिलामा दिएको अभिव्यक्तिका कारण आलोचना खेपेका थिए।