पूर्व राष्ट्रपति जर्ज बुसको बाइडेनलाई बधाई, भने- चुनाव नतिजा स्पष्ट र पारदर्शी

  • प्रकाशित मिति : २०७७ कार्तिक २४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले भने बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका छन् ।

बाराक ओबामा भन्दा अघि दुई कार्यकाल ह्वाइट हाउसमा रहेका रिपब्लिकन पूर्व राष्ट्रपति बुसले बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका हुन् ।



बुसले चुनाव आधारभुत रुपमा पारदर्शी र धाँधली रहित रहेको बताएका छन् । तर कानूनी मार्गमा जान राष्ट्रपति ट्रम्प स्वतन्त्र रहेको बताएका छन् ।

बुसले चुनावको नतिजा स्पष्ट र पारदर्शी रहेको उल्लेख गरेका छन् । बुसले वक्तव्य जारी गरेर बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको र उनीहरुको नेतृत्वमा देश एकीकृत हुने विश्वास रहेको बताएका छन् ।

बुसले भनेका छन्, ‘हामीबिच राजनीतिक भिन्नता छन्, मलाई थाहा छ जो बाइडेन असल व्यक्ति हुन् । उनले हाम्रो देशलाई एकीकृत गर्ने अवसरमा जित हाँसिल गरेका छन् ।’