अपशकुन -नीतिकथा

  • प्रकाशित मिति : २०७७ कार्तिक ३०, आईतवार
  • nepaltale.com

काठमाडौं। एक किसानको आँगनमा एउटा सुकेको रुख थियो । उसको छिमेकीले एक दिन कुरै कुरामा कुरा मिलाएर भन्यो, “आँगनमा सुकेको रुख रहनु अपशकुन हो । यस्तो राखिराख्नु ठीक छैन !”

किसानले भोलिपल्टै त्यो रुख काट्यो ।

रुख ढलेको मात्र थियो, त्यो छिमेकी डोरी लिएर दाउरा माग्न आयो ।

रुख मालिक किसान दिक्क भयो । उसले सोंच्यो, “यसले आखिर आफूलाई दाउरा चाहिएर मलाई रुख काट्न लगाएको रहेछ । म उसको नजिकैको छिमेकी हुँ । तर पनि मसित यसले यस्तो कपटी व्यवहार गर्‍यो । कपट कति नराम्रो !