आजको मौसम– भाइटीकाको दिन हुन सक्छ यी ठाउँमा वर्षा

  • प्रकाशित मिति : २०७७ मंसिर १, सोमबार
  • nepaltale.com

काठमाडौं । आज मंसिर १ गते सोमबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही ठाउँमा आंशिकदेखि हल्का बदली छ ।

देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले आंशिकदेखि सामान्य रुपमा मौसममा परिवर्तन आएको छ । यस्तै, केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै, प्रदेश नम्बर १ का पहाडी भू–भागमा बदली हुनुका साथै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना महाशाखाले जानकारी दिएको छ ।

यस्तो छ, आगामी ३ दिनको मौसम पूर्वानुमान,

मंसिर ०१ गते (सोमबार):

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको १-२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर ०२ गते (मंगलबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०३ गते (बुधबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश ,बागमती प्रदेश र प्रदेश नं १ का केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ र देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।