अलकायदाका प्रमुख जवाहरीको मृत्यु

  • प्रकाशित मिति : २०७७ मंसिर २, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आतंकवादी घोषित गरिएको मुस्लिम अतिवादी समूह अल कायदाका संस्थापक तथा प्रमुख नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ ।

न्यूयोर्क टाइम्समा पत्रकार हसन हसनले ट्वीटरमार्फत जवाहिरीको एक महिनाअघि प्राकृतिक कारणले मृत्यु भएको खुलासा गरेका छन् । पत्रकार हसनले हालै अल कायदा निकट स्रोतसँग यसबारे बुझेको र स्रोतले जवाहिरीको मृत्यु भएको पुष्टि गरेको अल अराबीको रिपोर्टमा जनाइएको छ ।



जवारी १९८८ मा ओसामा बिन लादेनसँगै अल कायदाको स्थापना गर्ने नेताहरुमध्येका एक थिए । २०११ मा अमेरिकी सेनाको कारवाहीमा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल कायदाको नेतृत्व सम्हालेका थिए ।