भारतीय विदेश सचिव हर्षवर्द्धन आज नेपाल आउने, यस्तो छ कार्यक्रम

  • प्रकाशित मिति : २०७७ मंसिर ११, बिहीबार
  • nepaltale.com

काठमाडौँ। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

श्रींगलाको यो भ्रमण नेपाल र भारतबीच हुँदै आएको उच्चस्तरीय भ्रमणकै निरन्तरता रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् ।

यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही साताअघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमणपछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका विषयमा विवाद भइरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ ।