अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ८७ हजार ८ सय नाघ्यो

  • प्रकाशित मिति : २०७७ मंसिर २१, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अमेरिकामा एकैदिन दुई लाख ७ हजार २ सय ५ जनामा संक्रमण देखिएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४९ लाख ८१ हजार ८ सय ४० पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोनाबाट एकैदिन २२ सय ५१ जनाको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ८७ हजार ८ सय २५ पुगेको छ । त्यस्तै अमेरिकामा ८७ लाख८७ हजार ७ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन् ।