काठमाडौं। नेपालमा थप १ हजार २ सय १७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २ सय ३२ को स्वाब पिसिआर विधिबाट परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।
यद्यपि, सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ रहेको छ।
पछिल्लो २२ घन्टामा १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।