बझाङमा टिपर दुर्घटना, २ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ मंसिर २८, आईतवार
  • नेपाल टेल संवाददाता

बझाङ । बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा३क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।



चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । टिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।