बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

  • प्रकाशित मिति : २०७७ मंसिर २८, आईतवार
  • nepaltale.com

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ।

आइतबार विशेष अदालतमा बयानपछि बस्न्यातलाई थुनामा राख्न आदेश दिइएको हो।

उनीमाथि भौतिक पुर्वाधार मन्त्रालयको सचिव हुँदा बालुवाटारको जग्गा व्यक्तिको नाममा सार्न प्रस्ताव उठाएको अभियोग छ।