२० जना आफन्तको अनुमति पाएको विवाहमा १० हजार जना आएपछि…

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरस महामारीको कारण मानिसहरुको धुमधाम विवाह गर्ने सपना टुटेको छ ।

भारतमा विवाह गर्दा ५० जना भन्दा धेरै मानिसहरुलाई बिहेमा सहभागी हुन अनुमति छैन ।



त्यही कारण मानिसहरुले नजिकका आफन्तहरुलाई मात्र बोलाउँछन् । तर मलेसियामा एक जोडीले विवाहमा २० जना मात्र बोलाउने अनुमति पाएर पनि १० हजार मानिसलाई बोलाए ।

उनीहरुले नियमको उल्लघंन त गरे तर उनीहरुले सामाजिक दुरी कायम गरेर बसे । यो विवाह टेन्कु मोहम्मद हाजिफ र ओसियाने अलहिकाको थियो ।

आइतबार बिहान विवाहित जोडीराजधानी क्वालालान्पुरको दक्षिण स्थितपुत्राजयामा एक भव्य सार्वजनिक ठाउँमा उभिए ।

बिस्तरै धेरै कारमा मानिसहरु आए अनि शुभकामना दिएर गए । कारमा आएका मानिसहरुले कोही पनि बाहिर निस्केनन। कारको झ्यालबाटै सबैले शुभकामना दिए ।

विवाहित जोडीले हात हल्लाउदै धन्यबाद दिँदै गए । यसरी आएका कारहरु पनि सामाजिक दुरीका साथ शुभकामना दिदै गए ।

१० हजार मानिसहरुले नव जोडीलाई शुभकामना दिए । तर यसरी पाँहुनामा लगाईको प्रतिबन्ध पनि तोडिएन ।

बीबीसीले बताए अनुसार यी १० हजार आफन्तलाई खाना खुवाउनको लागि अगाडी नै प्लेटमा खाना तयार गरिएको थियो ।

नव जोडीको अगाडी उभिएको कारलाई तयार पारिएको खाना कारको झ्यालबाटै दिइएको थियो ।