काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नागरिकलाई दुई हजार डलर रकम प्रदान गर्ने व्यवस्था पारित गरेको छ ।
स्थानीय समय अनुसार सोमबार बेलुका डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनले २७५–१३४ ले राहत रकम ६०० बाट दुई हजार बनाउने व्यवास्थ पारित गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न अस्वीकारका थिए ।
उनले आइतबार अन्ततः हस्ताक्षर गरे । ट्रम्पले राहत रकम दुई हजार बनाउन माग गरेका थिए । सोही अनुसार तल्लो सदनले सो व्यवस्था पारित गरेको हो ।