काठमाडौंबाट व्यवसायीको अपहरण गरी १ करोड फिरौती असुली गर्ने अपहरणकारी पक्राउ

  • प्रकाशित मिति : २०७७ पुष १५, बुधबार
  • nepaltale.com

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका विभिन्न ठाउँमा हुने अपरहणका घटना संलग्न अपहरणकारी समूहका एक सदस्यलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उदय सेठ्ठी र प्रह्लाद महत समूहका सदस्य सर्लाहीका कुमार बुढाथोकीलाई पक्राउ गरेको हो ।

बुढाथोकी बालाजुका व्यापारी बाबुराजा रावलको १ पुस २०६५ मा भएको अपहरणमा संलग्न रहेका प्रहरीको भनाइ छ ।

त्यतिबेला व्यापारी रावलको अपहरण गरी अपहरणकारीहरुले १ करोड रुपैयाँ फिरौती असुली गरेको घटना सार्वजनिक भएको थियो ।

सीआईबीले बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरेको हो । दार्जिलिङमा उनी छद्म भेष धारण गरी लामो समयदेखि बस्दै आएका थिए ।

सीआईबी स्रोतले बुढाथोकी पक्रउ परेका पुष्टि गरेको छ । सीआईबीका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले एक जना व्यक्ति पक्राउ परेका र त्यसबारे केही समयमै प्रेस विज्ञप्तीमार्फत विवरण सार्वजनिक गरिने दैनिक अनलाईलाई जानकारी दिए ।