बत्ती जाने समस्या लोडसेडिङ होइन् : प्राधिकरण

  • प्रकाशित मिति : २०७७ पुष १६, बिहीबार
  • nepaltale.com

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे विज्ञप्ति मार्फत खण्डन गरेको छ।

पछिल्ला केही दिनमा बत्ती गइरहने समस्या बढिरहेको गुनासो सर्वत्र उठ्न थालेको छ। प्राधिकरणले कतै ‘अघोषित लोडसेडिङ’ घोषणा गरेको त होइन्? भन्दै आशंका भइरहेका छन्।

सर्वसाधारणबाट गुनासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति मार्फत त्यसको खण्डन गरेको हो। र लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत्वहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ होइन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत छ।’

प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ गरेको हो।