काठमाडौँ- पश्चिमी वायुको सामान्य प्रभावले आज पनि तराइका भू-भागमा हुस्सु लागेको छ ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धरैजसो स्थानहरुमा हुस्सु लागेको छ ।
अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सु लागेर बादल पनि ढाकिएकाले देशका अधिकांश स्थानको तापक्रम भने बढेको छ । महाशाखाका अनुसार आज विहान ८:४५ को मापनअनुसार धनगढीको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै भैरहवाको १०.३ डिग्री सेल्सियस, विराटनगरको १२.४, नेपालगञ्जको ११.७, काठमाडौँको ४.५ तथा सबैभन्दा कम जुम्लाको माइनस तीन डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पौष २५ गते (शनिबार)
दिउँसो : प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २६ गते (आइतबार)
दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २७ गते (सोमबार)
दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।