इन्डोनेसियाको जाकार्ताबाट उडेको विमानको दुर्घटनास्थल पत्ता लाग्यो

  • प्रकाशित मिति : २०७७ पुष २६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको छ ।

बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए ।



जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो । जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।