गाउँपालिकाले खरिद गरेको गाडीमा अध्यक्षको मस्ती ……..

  • प्रकाशित मिति : २०७७ पुष २६, आईतवार
  • nepaltale.com

नुवाकोट। कुनै पनि गाउँपालिकाले खरिद गरेको गाडी नियम संवत सरकारी हुन्छ । सरकारी गाडीमा सेतो नम्बर प्लेट हुनु पर्नेमा प्राइभेट नम्बर प्लेट राखेर तारकेश्वर गाउँपालिकाका अध्यक्षले प्रयोग गरेको पाइएको छ ।

रमेश वस्ति त्यस गाउँपालिकाका अध्यक्ष हुन । उनले सरकारी सुबिधाको दुरुपयोग गर्दै पार्टीका कार्यकर्ता ओसारपसार गर्ने र परिवार र निजि काममा प्रयोग गर्ने गरेको पाइएको छ । उनि ने क पा बाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन ।

उनि सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर निर्धक्क रूपमा ब्यक्तिगत काम कार्यकर्ता ओसारपसारमा ब्यस्त छन् । उनि यस भन्दा पहिले पनि विभिन्न विवाद हरुमा मुछिदै आएका छन् । उनले कार्यकर्ता मुखि काम र वार्षिक बजेट पनि कार्यकर्ता मुखी मात्रै गर्ने गरेको र जनतालाई बेवास्ता गर्दै आएको स्थानीय बताउछन ।