विपन्न बिद्यार्थीहरुको सारथी बन्दै एलायन्स तनहूँ

  • प्रकाशित मिति : २०७७ पुष २८, मंगलवार
  • nepaltale.com

तनहुँ। केहि समय अगाडि दमौलीमा स्थापना भएर तनहूँमा सक्रिय सामाजिक संस्था एलायन्स क्लब अफ तनहुँले व्यास नगरपालिका वडा नम्बर ५ चिन्तुटार स्थित श्री शुक्र आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्र्र्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको छ ।

क्लबले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ३ सय २० थान कपी, १ सय थान कलम, ३ सय थान मास्क, २ थान ब्याडमिन्टन, १ थान फुटबलका साथै २१ थान सुईटर प्रदान गरेको छ ।

स्थापनाको छोटो समयमा नैे एलायन्स क्लब तनहूँले सामाजिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा नै सर्भ एन्ड केयर भन्ने नाराले स्थापित यस संस्थाले निकट भविष्यमा पनि शिक्षा, स्वास्थ साथै अन्य सामाजिक क्षेत्रमा आफ्नो कामलाई अघि बढाउने क्लबकी अध्यक्ष जमुना जोशीले बताइन् ।

निकट भविश्यमा थप कार्यक्रमका योजनाहरु समुदायमा लैजाने तयारी भईरहेको एलायन्स क्लव अफ तनहुँका सचिव सुदिप पौडेलले जानकारी दिए । क्लबले प्रदान गरेको सामाग्रीबाट करिब १ सय जना विद्यार्र्थी लाभान्वित भएका छन् ।