डब्ल्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ स्ट्रेन ५० र दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट ५० देशसम्म पुग्यो’

  • प्रकाशित मिति : 2021-01-14
  • nepaltale.com

एजेन्सी। विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ । संगठनले जापानमा भेटेको तेस्रो भेरियन्टको चिन्ता जताउँदै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने बताएको छ । यसको परीक्षण हुनुपर्ने आवश्यक रहेको बताएको छ ।

संगठनका अनुसार कोरोनाभाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । ठूलो परिमाणमा यो फैलनुको अर्थ यसको थप भेरियन्ट आउन सक्छ । यही भाइरस कोरोनाको कारण बन्ने गर्छ । बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्ट्रेनको केस सार्वजनिक भएको थियो । यसलाई VOC 202012/01 नाम दिइएको छ ।



यसको परक्षणको नतिजाबाट थाहा हुन्छ कि यो हरेक उमेर र लिङ्गका मानिसहरुमा एकै किसिमले फैलने गर्छ । यद्यपि, कन्ट्याक्ट ट्रेसिङबाट सार्वजनिक भए अनुसार यसको फैलने दर समान्य भाइरसभन्दा बढी छ । यस्तै पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट अब २० देशमा पाइएको छ ।

‘दुबै भेरियन्टलाई कम गरेर आँकलन गरिएको छ’

डब्ल्यूएचओको साप्ताहिक रिपोर्टमा बताइए अनुसार दक्षिण अफ्रिकामा चलिरहेको सुरुवाती अनुसन्धानबाट यो सम्भव छ कि 501Y.V2  भेरियन्ट पहिलाको तुलनामा थप फैलने किसिमको छ । यसबाहेक यो नयाँ भेरियन्ट थप गम्भीर बिरामीको कारण बन्न सक्दैन । यद्यपि, नयाँ केसको संख्या तीब्र रुपमा बढ्ने कारण स्वास्थ्य प्रणालीमा दबाब पर्ने गर्छ । डब्ल्यूएचओले दुबै भेरियन्टलाई संसारमा फैलावटको कम गरेर आँकलन गरिएको छ ।