काठमाडौं । विश्वमा एकैदिन ५ लाख ७३ हजार ७२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६५ लाख ८६ हजार ७ सय ४८ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट विश्वमा एकैदिन १४ हजार ४ सय ९७ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख ६३ हजार ८ सय ३ पुगेको छ ।
त्यस्तै विश्वमा ६ करोड ९२ लाख ३४ हजार ७४ जना उपचारपछि निको भएका छन् धने २ करोड ५२ लाख ८८ हजार ८ सय ७१ जना संक्रमित उपचाररत छन् ।