कोरोनाभाइरस : कुनबाट बढी फैलियो– छोइछिटो कि हावाको माध्यम ?

कोरोनाभाइरस कसरी फैलिन्छ भन्ने सही कुरा नबताइँदा महामारी धेरै स्थानहरुमा अनियन्त्रित भयो !

  • प्रकाशित मिति : 2021-01-25
  • एजेन्सी

अमेरिकाको स्मिथसोनिया इन्स्टिट्युसनमा राखिएको नक्कली किलाजडित लौरोयुक्त  ब्रसजस्तोअसामान्य  एउटा प्याडल सन १९८९ को एक यांत्रिक अवशेष हो, जसलाई अलाबामाका अधिकारीहरु चिट्ठी छेड्नका लागि प्रयोग गर्थे । उक्त समय फैलिएको ‘यल्लो फिभर’बाट सर्तक रहनका लागि चिट्ठीपत्रलाई सल्फर फ्युमीगेट गर्ने प्रक्रियाअन्तर्गत यसको उपयोग गरिन्थ्यो  ।

https://ids.si.edu



तर एक वर्षपछि  अनुसन्धानकर्ताहरुले थाहा पाए कि यो रोग एउटा लामखुट्टेसँग सम्बन्धित भाइरसका कारण फैलिएको थियो, त्यसपछि चिट्ठीलाई फ्यूमीगेट गर्ने पुरै उपाय निरर्थक साबित भयो ।

यही कुरा अहिले कोभिड १९ मा लागु भएजस्तो देखिन्छ । किनकि, केही वैज्ञानिकहरु यस्तो मान्दैछन् कि कन्ट्याट ट्रान्समिशनमा जोड दिनु गलत हुनसक्छ ।

महामारीको सुरुवातको समयदेखि नै विश्वभरका स्वास्थ एजेन्सीहरुले यसको रोकथामका लागि दिशानिर्देश गर्ने प्रक्रियाअन्तर्गत सतहलाई भाइरसरहित बनाउने विषयमा जोड दिइरहेका थिए ।

यसै  शर्तमै भारतमा लकडाउनको खोल्ने क्रममा  कडाईका साथ विषाणुरहित गर्ने अभियानका  एयरपोर्ट, सिनेमा हल र मलजस्ता सार्वजनिक स्थलमा मानिसको आवागमन हुने   अनुमति प्रदान गरियो।

मानिन्छ कि विभिन्न गतिविधिहरुका कारण संक्रामक किटाणुहरुको वा विषाणुहरुको सम्पर्कमा आएका सतहमा छुँदा पनि तपाई कोभिड १९ को चपेटामा आउन सक्नुहुन्छ । यही कारण संक्रमणको खतराबाट बचाउनका लागि विभिन्न कम्पनीहरुले अहिले केवल ढोका, ह्यान्डल र बसको सिटजस्ता सतहमात्रै होइन, फलफूल र तरकारीका लागि पनि किटाणुनाशक पेश गरिरहेका छन् ।

यद्यपि, महामारीको एक वर्षको अवधिमा सार्वजनिक भएका तमाम महत्त्वपूर्ण वैज्ञानिक शोधले  कोभिड १९ को संक्रमण सतहमा छोएरभन्दा पनि हावामा मौजुद हुनुका कारण धेरै फैलनसक्ने संकेत गरेका थिए।

यसको अर्थ हो कि कोठामा भ्यान्टिलेशनको पर्याप्त व्यवस्था नभएको अवस्थामा तपाईं कुनै रोगीसँग पर्याप्त दूरीमा रहेर कुराकानी गर्नुहुन्छ भने यस दौरान कोभिड १९ को चेपटामा पर्नसक्ने संभावना धेरै छ, उसले छोएका कुनै सामाग्री तपाईले प्रयोग नगरिकन पनि यस्तो हुनसक्छ ।

तर पख्नोस्, वैज्ञानिकहरुले अहिल्यै तपाईलाई आफ्नो सेनिटाइजर फ्याँक्न भनिसकेका छैनन्, आखिर हात सफा राख्दैमा कसैलाई केही नोक्सान हुन्छ र ? उनीहरु त केवल यही भनिरहेका छन् कि स्वास्थ एजेन्सीहरुले यो स्वीकार्न जरुरी छ कि कोभिड संक्रमण  हवाबाट (भाइरस एयरोसोल भएको ) पनि फैलने खतरा धेरै छ र जनताले यो कुरा बुझ्नु जरुरी छ ।

हामीलाई के थाहा थियो , के अनुमान लगायौं?

महामारीको एक वर्षमा आम जनतालाई अहिलेसम्म सामान्य सुरक्षा नियमहरुका बारेमा व्यापक जानकारी मिलिसकेको छ– मास्क लगाउने, सामाजिक दूरीको पालना र नियमित रुपले हात धुने आदि । तर, भाइरस अहिले पनि फैलिरहेको छ, जागरुकताको कमी र प्रभावी सुरक्षा उपाय नअपनाउनुलाई विशेषज्ञहरुले यसको कारण मानेका छन् ।

कोरोना फैलावटको प्राथमिक कारण ‘ड्रपलेट’, ‘एयरोसोल’ हुनु अथवा   सतहमा रहेको भाइरसको उपस्थिति हो भन्ने विषय सबैभन्दा ठूलो बहसको मुद्दा हो ।

सतहको माध्यमबाट वा फोमाइट ट्रान्समिशन तब हुन्छ, जब कुनै सक्रिय भाइरस (संक्रमित गर्न सक्षम) को उपस्थिति रहेको सतहमा कसैले छुन्छ र फेरि आफ्नो हातले अनुहार स्पर्श गर्छ । यसबाट बच्ने महत्वपूर्ण उपाय सतहलाई किटाणुरहित बनाउने र आफ्नो हातलाई बारम्बार धुने हो ।

महामारीको सुरुवाती समयमा तमाम अध्ययनहरुले  अचम्मित पार्ने नतिजाहरु बाहिर ल्याइरहेका छन्, जसले कुनै पनि किसिमको सतहमा सार्सकोभ–२ भाइरस कति लामो समयसम्म जीवित रहन्छ भनेर बताउँछ । जनवरी २०२० मा जर्नल अफ हस्पिटल रिसर्चका तर्फबाट प्रकाशित एक अनुसन्धानमा यो दावी गरिएको थियो कि यो  भाइरस धातु र प्लास्टिकको सतहमा नौ दिनसम्म जीवित रहनसक्छ । पूर्वका  ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) र ‘मिडिल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम’ (मर्स) जस्ता अन्य कोरोना भाइरसको अध्ययनमा  आधारित थियो यो रिसर्च  ।

मार्चमा न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनको एक अध्ययनले यो बतायो कि भाइरस प्लास्टिकको सतहमा तीन दिनसम्म र कार्डबोर्डमा ८ घण्टासम्म जीवित रहनसक्छ । यस्ता निष्कर्षहरुले तत्काल सबैको ध्यान तान्यो   र किटाणुशोधन र स्वच्छतालाई लिएर लगातार सन्देश प्रसारित गरिए  ।

यद्यपि, यसका बाबजुद जब महामारी लगातार फैलँदै रह्यो, तब‘एयरोसोल’ विशेषज्ञहरुले हावासँग यसको सम्बन्ध हुनसक्ने विषयमा गहिराइले   ध्यान दिन थाले  र अधिकारीहरुसँग अनुरोध गरे कि कोरोना भाइरस केवल ‘ड्रपलेट’ र सतहमार्फतमात्रै होइन, ‘एयरोसोल’ अर्थात् हावाको माध्यमबाट पनि फैलनसक्छ ।

एयरबोर्न,एयरोसोल र ड्रपलेट

यद्यपि, एयरबोर्न र एयरोसोलको प्रयोग प्रायः  एकअर्काका पूरकको रुपमा हुन्छ । तर, ‘ओभरल्यापिङ’ भयो भने फैलावटको मामिलामा यसको पर्ने असर भने फरक रहन्छ । ‘एयरबोर्न ट्रान्समिसन’ त्यतिबेला हुन्छ जब अलग–अलग आकारका ‘सस्पेन्डेट पार्टिकल (कफजस्ता ड्रपलेटसहित) हावामा फैलन्छन् । यसबाट ‘ड्रपलेट’का ठूला थोपाहरु हाँच्छिऊ गर्ने व्यक्तिको आसपास हावामा केही समयसम्म रहन्छन् र उसको आसपास रहेका व्यक्तिमा संक्रमणको खतरा बढ्छ ।  यी थोपाहरु जब सतहमा खस्छन्, तब ती फोमाइट बन्छन् ।

मानिसले सास लिदाँ जुन थोपाहरु उत्पन्न हुन्छन्,तिनको  आकार शुन्य दशमलव १ माइक्रोमिटरदेखि १ हजार माइक्रोमिटरसम्म हुन्छ । ५ देखि १ हजार माइक्रोमिटरबीचका थोपाहरुलाई ठूलो मानिन्छ ।  आमरुपमा यसलाई ‘एयरोसोल’भनिन्छ र यसको  आकार ५ माइक्रोमिटरभन्दा कम हुन्छ । सार्स–कोभ–२ भाइरस आकारमा लगभग शुन्य दशमलव १ माइक्रोमिटर रहेको छ ।

कुनै भाइरसको ‘एयरोसोल’ फैलावट आमरुपमा भाइरस हावामा फैलदाँ वा अन्य एयरोसोल (धुलो वा प्रदूषण कणका साथ मिल्दा) हुन्छ, तर यो मुख्यतया  कफ वा पानीको सम्पर्कमा आउँदा धेरै हुन्छ, जसले भाइरस कण नष्ट  हुनभन्दा पहिला  त्यसलाई निकै टाढासम्म पुर्‍याउन  सक्छ ।

जून २०२० मा पर्यावरण संरक्षणबारे गरिएको एक अध्ययनले बताएको थियो कि प्रदूषित क्षेत्रमा मानिसहरु कोभिड १९ बाट धेरै गम्भीर  रुपमा प्रभावित छन् । ‘एयरोसोल’ फैलावट पहिलाका अन्य अन्य कोरोना भाइरसहरुमा पनि देखिएको थियो । २००४ मा हङकङको अमाय गार्डेनमा फैलिएको सार्स (जसबाट झन्डै ३ सय मानिस प्रभावित भएका थिए) का कारण पानी निकास हुने पाइपमा एक रोगीको दिसाको ‘एयरोलिसेशन’ भएको पाइएको थियो ।

स्वास प्रश्वास सम्बन्धी अन्य रोगहरु जस्तै सामान्य चिसो, रुघा, चिकेन पक्सलगायत पनि ‘एयरोसोल’को माध्यमबाटै फैलन्छन् ।

फोमाइट फैलावटबारे अध्ययन

यस विपरीत, फोमाइट ट्रान्समिशनबारेको अध्ययनको सीमित तथ्याङ्कमात्रै उपलब्ध छन् । अमेरिकास्थित रुटगर्स विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रोफेसर डाक्टर  इमानुयल गोल्डम्यानले भने,  औसत रुपमा दुई–तीन घटना यस्ता आएका छन्, जसमा फोमाइट ट्रान्समिशन भएको छ, तर यसलाई ‘एयरबोर्न ट्रान्समिशन’बाट बाहिर राख्न सकिँदैन । डाक्टर इमानुयलले पछिल्लो वर्ष जुलाईमा लान्सेन्टमा एक लेख लेख्दै यस कुरालाई रेखांकित गरेका थिए कि फोमाइट ट्रान्समिशनको डरलाई बढाइचढाइ पेश गरिएको हुनसक्छ । उनका अनुसार  यसको सबैभन्दा अकाट्य प्रमाण चीनको एक शंकास्पद संक्रमणलाई मानिएको थियो। यस घटनामा आयतित ‘फ्रोजन सी फूड’मा  जीवित भाइरस पाइएको थियो । यस सामाग्रीलाई ढुवानी गर्नमा संलग्न दुईजना बन्दरगाहकर्मी केही समयपछि  संक्रमण पोजेटिभ देखिएका थिए, तर यसले मात्रै यो  पुष्टि हुँदैन  कि उनीहरु प्याकेजिङ सामाग्रीको सम्पर्कमा आएकै कारण संक्रमित भएका थिए ।

उनले अगाडि भने, ‘अर्कातर्फ फोमाइट ट्रान्समिशन नहुन सक्नेबारे  धेरै प्रमाण उपलब्ध छन् । उदाहरणका रुपमा दक्षिण कोरियामा धेरै मानिसले प्रयोग गर्ने भवनको एक कल सेन्टरमा कार्यरतहरुलाई कोभिड– १९ भएपछि त्यस कोठामा बस्ने सबै संक्रमित भए । तर, यस भवनमा बस्ने बाँकी झन्डै १००० मानिसमध्ये केवल तीनजनालाई मात्रै कोभिड १९ पोजेटिभ देखियो, जो संभवत ‘एयरोसोल’को माध्यमबाट संक्रमित भएका थिए ।

उनले भने, ‘साझा भर्‍याङको प्रयोगजस्ता पक्षलाई नियाल्दा यहाँ सबैभन्दा महत्वपूर्ण कुरा यो छ कि यदि फोमाइट ट्रान्समिशन अर्थात् सतहको माध्यमबाट संक्रमण हुन्थ्यो भने भवनमा अन्य मानिसहरु पनि पोजेटिभ देखिन्थें ।’

जुलाईमा लेखिएको आफ्नो लेखमा उनले तर्क दिएका थिए कि ‘फोमाइट्स (निर्जीव सतहहरु वा वस्तुहरु) मार्फत ट्रान्समिशनलाई ती अध्ययनहरुको आधारमा स्वीकारिएको छ, जसको वास्तविक जीवनका परिदृश्यहरुसँग समानता धेरै कम  छ । उनको तर्कको बटमलाइन यो थियो कि अध्ययनमा भाइरसको निकै ठूलो मात्राको उपयोग गरिएको थियो, जबकि वास्तविक परिस्थितीहरुमा सतहमा यति ठूलो मात्रामा भाइरस जम्मा हुने संभावना कम नै हुन्छ  ।

एयरोसोल डिस्पर्सल र एटमस्टफेरिक केमेस्ट्रीसँग जोडिएका विशेषज्ञहरुको भनाइ छ कि सुरुमा डब्ल्युएचओको तर्फबाट ६ फिटको दूरी अपनाउने सल्लाह दिइनु खासमा ९० वर्ष पहिले गरिएको ड्रपलेट बारेको शोधमा आधारित थियो।  त्यतिबेला सब–माइक्रोन एयरोसोलको अध्ययन गर्ने प्रविधि नै उपलब्ध  थिएन । हालका निष्कर्षहरुबाट थाहा हुन आउँछ कि साना एयरोसोल कणहरु १२ घण्टाभन्दा लामो समयसम्म बन्द स्थानमा हावामा मौजुद रहन्छन् ।

लेडनिकीले  भने, ‘भाइरस वातावरणको सम्पर्कमा आएर फैलन्छ भन्ने अवधारणा मुख्यता  माउस हेपेटाइटिस भाइरस को अध्ययनमा आधारित छ ।’

उनले भने,‘मुसाले वास्तवमा धेरै हाँच्छियु गर्दैनन् । यस स्थितिमा भाइरस मल, मुत्र र दूषित सतहहरुको सम्पर्कमा आउनुले फैलनसक्छ । तर मानिसहरु मुसा होइनन् । हामी आफ्नो नाक जमिनमा रगड्दैनौं र आम रुपमा भुइँमा खसेका खाद्य पदार्थ पनि खादैंनौं ।’

एकातर्फ शोधकर्ता समुदायले फोमाइटको फैलावटलाई सैद्धान्तिक रुपमा प्राथमिक कारण मानिरहेका छन्, तर पछिल्लो केही महिनामा प्रकाशित धेरै अध्ययनहरुमा (डिसेम्बरमा मिलिट्री मेडिकल जर्नलमा प्रकाशित पियर–रिभ्युड समीक्षा समेत) एयरोसोल वा ड्रपलेटको तुलनामा सतहबाट संक्रमण फैलने संभावना कम नै हुन्छ भन्ने सिद्धान्तलाई समर्थन मिलिरहेको देखिन्छ ।

अमेरिकाको कोलोराडो–बोल्डर विश्वविद्यालयमा एनालिटिकल, इन्भायरमेन्टल र एटमस्फेरिक केमेस्ट्री डिभिजनका प्रोफेसर डाक्टर  जोस लुईस जिमिनेजभन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसलाई यो बताउन जरुरी छ कि अन्य मानिसले सास लिएका कारण भाइरस हावाबाट पनि फैलन्छ ।’

स्वास्थ्य एजेन्सीहरु के भन्छन्?

संसारभरका प्रमुख स्वास्थ एजेन्सीहरुको एयरोसोल ट्रान्समिशनमा ध्यान केद्रित  गर्ने गति सुस्त छ । धेरैजसो एजेन्सीहरुले अहिले पनि हात धुने, सतहहरुलाई विषाणुरहित गर्ने र सामाजिक दूरीबारे नै जोड दिइरहेका छन् ।

महामारीका सुरुवाती दिनहरुका दौरान विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले जोडतोडका साथ भनेको थियो कि कोभिड १९ ‘एयरबोर्न’ होइन ।

यसबारे डब्ल्युएचओले भन्यो कि ‘केही सतहहरुमा सार्स–कोभ २ भाइरस अस्तित्वमा रहने र केही समयसम्म जीवित रहने तर्कसंगत प्रमाण भेटिएको छ’, तर  संग सँगै यो पनि भन्यो कि, ‘यस्तो कुनै विशिष्ट रिपोर्ट नै छैन, जसले सीधा रुपमा सतहबाट संक्रमण फैलने पुष्टि होस्  ।’

अमेरिकी सिडिसीले लगातार हात धुने तरिकाहरु, यसमा लाग्ने समय र महत्त्वबारे जोड दिइरहेको छ । र, मानिसलाई कम हावायुक्त स्थानबाट जोगिने सल्लाह पनि दिन्छ । गत मे महीनामा उसले भनेको थियो, ‘कुनै व्यक्तिले भाइरस रहेको सतह वा वस्तुलाई छोएपछि आफ्नो मुख, नाक वा आँखामा हात लगाउँदा कोभिड १९ को  संक्रमण हुन सक्छ, तर यसलाई संक्रमणको मुख्य तरिका मान्न सकिदैन  ।’

भारतमा पनि स्वास्थकर्मीहरुका लागि जारी गरिएको आधिकारिक निर्देशिका  र आम मानिसका लागि जारी गरिएकोसामान्य जानकारी(प्राय: सोधिने प्रश्न)मा हात धुने र सतहहरुलाई सफा राख्ने विषयमा जोड दिइएको छ ।

गोल्डम्यानले भने, ‘महामारीको सुरुवातमा जे धारणालाई प्रचार गरिएको थियो, त्यसलाई बदल्न निकै मुस्किल छ । यो विशेषज्ञहरुद्वारा दिइएको गलत जानकारीमा आधारित थियो, उनीहरुले गहिरो सफाईको सल्लाह दिनुको वैज्ञानिक आधारमा गहन आँकलन गरेका थिएनन् । केही शोधपत्रहरुले दर्शाइरहेका थिए कि भाइरस केही दिनसम्म सतहमा जीवित रहन्छ । दुर्भाग्यले विशेषज्ञहरु यो बुझ्न असफल भए कि यो परिणाम वास्तविक जीवनको परिदृश्यमा होइन, बरु ल्याबको कृतिम परिस्थितिहरुबाट निस्किएको थियो ।’

भेन्टिलेशन

कुनै पनि बन्द स्थानलाई सुरक्षित बनाउने सबैभन्दा सहज तरिकामध्ये एक हो, झ्याल खोल्ने र क्रस भेन्टिलेशनको व्यवस्था गर्ने । एयर फिल्टर र प्युरीफायर पनि लाभकारी हुनसक्छ ।

अस्ट्रेलियास्थित क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका एयरोसोल साइन्स रिसर्चर तथा डब्ल्युएचओका टास्कफोर्स सदस्य डाक्टर लिडिया मोराव्स्का, जसले २००३ मा सार्सको एयरोसोल ट्रान्समिशनबारे अध्ययन गरेका थिए । उनी भन्छन्, ‘निकै कम राष्ट्रिय स्वास्थ एजेन्सीहरुले भेन्टिलेशनमा जोड दिन्छन्, कतिले त यसको जोखिमलाई पुरै वेवास्ता गरिदिन्छन् । अधिकारीहरुले सबै सार्वजनिक स्थान र साझा ठाउँहरुमा राम्रो भेन्टिलेनशन हुनुपर्ने विषयमा जोड दिनुपर्छ । भेन्टिलेशनलाई ‘हाई’ मा सेट गर्नुपर्छ र एयर रेटिकुलेशनबाट बच्नुपर्छ ।’

उनले भने, ‘हावामा भाइरसलाई हटाउनका लागि भेन्टिलेशन अपर्याप्त छ भने सामाजिक (भौतिक) दुरी र अन्य सिफारिसहरुका बाबजुद संक्रमण फैलिरहन्छ  ।’ अपर्याप्त भेन्टिलेशनलाई हावा शुद्धिकरणको सहयोगबाट सुधार्न सकिने उनले बताए ।

जिमिनेले पनि प्रभावकारी सञ्चारमा जोड दिए । उनले भने, ‘डब्ल्युएचओ र सिडिसीजस्ता एजेन्सीहरुले यस्तो गाइडलाइन र भिडियो सन्देश तथा ट्वीट जारी गरे कि भेन्टिलेशन निकै महत्वपूर्ण छ । तर, उनीहरुले त्यही समय एयरबोर्न ट्रान्समिशन जरुरी छैन किन भनिरहे ? यसबारे कहिल्यै स्पष्ट गरेनन् । त्यसैले मानिस भ्रमित भइसकेका छन् र धेरै मानिस भेन्टिलेशनको व्यवस्था गर्दैनन् र यसलाई कसरी गर्ने भन्ने जान्दैनन् ।’

वैज्ञानिक पहल र प्रतिक्रियाहरु

डब्ल्युएचओले कोभिड १९ को सन्दर्भमा भेन्टिलेशनबारे चर्चा गर्दै गाइडलाईनजारी गरेपनि धेरै वैज्ञानिकहरु संक्रमण फैलाउन यसको भूमिकाबारे प्रभावकारी रुपमा डब्ल्युएचओले जोड दिन नसकेको मान्छन् । जिमिनेजसहित धेरै वैज्ञानिकहरु र एटमस्फेरिक पार्टीकल विशेषज्ञहरुले तथ्याङसहित कोभिड फैलावटबारे आफ्नै स्तरबाट एफएक्यु दस्तावेज तयार गरेका छन् ।

सिटिजन साइन्टिस्टले पनि जागरुकता फैलाउनका लागि ‘कोभिड इज एयरबर्न’ कलेक्टिभ बनाए र डब्ल्युएचओसँग तुरुन्तै एयरोसोलको भूमिकालाई मान्यता दिन अपिल गरे । यसका विपरीत, ताइवान र हङकङजस्ता स्थान (जसले २००३–०४ को सार्स प्रकोपको कडा पाठ सिकेका थिए) मा संक्रमण रोक्नका लागि पुरै सतर्कता अपनाइयो । अहिले केही देशहरुले  महामारी भेन्टिलेशन गाइड पनि तयार गरेका छन् ।

लेडनिकीले भने, ‘भाइरससँग सम्पर्कमा आउने खतरा धेरै हदसम्म सम्बन्धित व्यक्ति संक्रमितसँग कतिको दूरीमा छ भन्नेमा निर्भर गर्छ । तर कम आद्रतावाला स्थानहरुमा भाइरस लामो समयसम्म हावामा रहनसक्ने मात्रै नभएर हावा चल्दा धेरै टाढासम्म फैलने संभावना पनि रहन्छ । धेरै स्वास्थ एजेन्सीहरु सार्स–कोभ २ को एयरबोर्न हुने खतरालाई ठीकसँग आँकलन गर्न असफल भएका छन् ।’

जिमिनेजले भने, ‘यो दादुराको तुलनामा कम संक्रामक छ । तर, टिबीको तुलनामा अधिक संक्रामक छ, यी दुबै हावासँग सम्बन्धित रोगहरु हुन् । एजेन्सीहरुलाई सायद यही डरले सताइरहेको होला कि यस तथ्यलाई  स्वीकार्दाको अवस्थमा भय र त्रासको माहोल पैदा हुनेछ । तर, खासमा डर  हो कि  महामारी धेरै स्थानहरुमा  अनियन्त्रित भयो, किनकि ती एजेन्सीहरुले सर्वसाधारणलाई यो बताइरहेका छैनन् कि भाइरस कसरी फैलन्छ, यस्तोमा मानिस आफैंले आफ्नो  सुरक्षा  गर्न पाइरहेको छैन ।’

ह्यान्डवाश र किटाणुनाशक

यद्यपl, वैज्ञानिकहरुले भेन्टिलेशनको भूमिका स्वीकार्नेबारे आग्रह गरेका छन्, तर हात धुनुको महत्वलाई कम मानेका छैनन् । सामान्य रुपमा स्वच्छताका लागि यो जरुरी छ भन्ने उनीहरुको भनाइ छ ।

हातलाई स्वच्छ राख्नु पहिले पनि तमाम संक्रामक रोगहरुबाट बच्ने तरिका मानिथ्यों र आज पनि यो प्रासङ्गिक छ । यद्यपि, यसले कोभिड १९ फैलनबाट रोक्छ भन्ने कुने प्रमाण छैन । तर, महामारीको यस समयमा  अन्य रोगहरुबाट बचाउँदै स्वास्थ सेवा प्रणालीमा अनावश्यक बोझ नथप्न यो सहयोगी अवश्य छ ।

गोल्डम्यानकाअनुसार कोही व्यक्तिले तत्कालै भाइरसको सम्पर्कमा रहेको सतहमा छोएर आफ्नो हात नधोई आफ्नो अनुहारमा छुन्छ भने ऊ संक्रमित हुनसक्ने सैद्धान्तिक संभावना कायम नै रहन्छ ।

उनी भन्छन्, ‘हात धुँदा सम्भावित संक्रमणको चक्र टुट्छ । महामारीको स्थिति नहुँदा पनि नियमित रुपले हात धुनु स्वच्छताका लागि एक राम्रो स्वभाव हो र यसो गर्दा धेरै प्रकारका संक्रमणबाट बच्न सकिन्छ ।

मोराव्स्काले पनि एजेन्सीहरुद्वारा जारी हात धुने सम्बन्धी निर्देशनलाई संशोधित गर्नुपर्छ जस्तो नलागेको बताए, किनकि यस निर्देशनले संक्रमण फैलनेमा अंकुश लगाउन सहयोग गर्नसक्छ । यद्यपि, विशेषज्ञहरुअनुसार सतहलाई विषाणुमुक्त गर्ने काम केवल ‘हाइजिन थिएटर’ हो ।

जिमिनेजले भने,‘सतहलाई विषाणु मुक्त गर्नु समय र धनको बर्बादी हो । हामीले यस्तो गर्न बन्द गर्नुपर्छ (केवल अस्पताललाई छाडेर) र त्यस समय, धन र उर्जालाई अन्य व्यक्तिको सासका कारण फैलने संक्रमण रोक्नका लागि प्रयोग गर्नुपर्छ ।’

मुम्बई बस्ने पोषणविद् प्रिया कथपालले फलफूल र तरकारीमा डिस्इन्फेक्सन गरिएको दावी गर्ने उत्पादनहरुबाट उपभोक्ताहरु टाढा रहनुपर्ने बताइन् । उनले भनिन्,‘मेरो विचारमा तपाईले फल र तरकारीहरुका लागि किटाणुनाशक प्रयोग गर्नु विलकुल जरुरी छैन । पुरै तरिकाले सफा पानीबाट फल र तरकारीलाई धुनाले किटनाशक र किटाणु /विषाणु  दुबैबाट  बचाउँछ । सुरुमा सरबारे तथ्याङ्क निकै कम थिए । तर अब तथ्याङ्कले तपाईंलाई बताउँछ कि फोमाइट ट्रान्समिशन (सतहबाट संक्रमण) लगभग हुँदैन  ।’

नियमित रुपले खाद्य स्वच्छतालाई जारी राख्नुपर्ने भएपनि भाइरसका लागि अलग सफाइजस्ता काम जरुरी नरहेको उनले बताइन् । यो राम्रोसँग स्थापित छ कि गर्मी र पकाउँदा भाइरसको सक्रियता कम हुन्छ र तातो भोजनबाट यो फैलन सक्दैन ।-

द प्रिन्टमा प्रकाशित संध्या रमेश र मोहना बासुका रिपोर्टको अन्वेषण अधिकारीले गरेको नेपाली अनुवाद