पश्चिमी वायुको प्रभाव : हिमपातको सम्भावना

  • प्रकाशित मिति : २०७७ माघ ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आईतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।