काठमाडौं । यो समय प्रेमको समय हो । भ्यालेन्टाइन अर्थात प्रेम दिवस ‘वीक’ शुरु भइसकेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन वीकमा आज आज हग डे । प्रेम सप्ताहको अर्को एक महत्वपुर्ण दिन हग डे (अंकमाल दिवस) हो ।
अंकमाल न्यानो र आकर्षक भावना हो, जसले एकअर्कालाई आनन्दित बनाउछ । एउटा प्यारो अंकमालले जो कसैको दिन उज्वल बनाउन सक्छ । अंकमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो ।
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो ।
जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला रु प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।
के दिने भ्यालेनटाइन डे मा गिफ्ट ?
भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् ।
यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् । तपाईले गर्ने माया सदाबहार होस् ।
मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । समय अभाव भएका व्यस्त जोडीले समेत यो दिन केही समय एक–अर्काका लागि छुट्याउँछन् ।
प्रेमी जोडी तथा विवाहित जोडीहरू घुमघाममा निस्कन थालेका छन् । यस्ता जोडिले विभिन्न उपहार आदान–प्रदान गर्दै यो दिनलाई स्मरणीय बनाउँदै आगामी यात्रा सुमधुर बनाउने प्रयास गर्छन् । प्रणय दिवसका लागि उपहार किन्न पाइने पसलहरूमा समेत विवाहितहरूको संख्या बढ्न थालेको छ । कलेज तथा स्कुल अध्ययनरत केही विद्यार्थीले मात्र रमाइलोका लागि यो दिनलाई प्रेम अभिव्यक्त गर्न प्रयोग गर्ने गरेका छन् ।