पुटिनका विरोधी नेता नाभाल्नीलाई जेलबाट निकालेर अज्ञात ठाउँ लगियो

  • प्रकाशित मिति : 2021-02-26
  • nepaltale.com

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर एक अज्ञात ठाउँमा लगिएको छ।

समाचार एजेन्सीहरुका अनुसार उनलाई कुन ठाउँमा लगिएको हो भन्ने बारे कसैलाई जानकारी दिइएको छैन । राष्ट्रपति पुटिनका कट्टर आलोचक उनी यही महीनाको शुरुको हप्ता भ्रष्टाचार अभियोगमा जेल पठाइएको हो ।



अदालतले भ्रष्ट्रचारको अभियोगमा जेल पठाएपछि उनका समर्थकले सो विषयलाई राजनीतिक प्रतिशोध भनेर बिरोध जनाएका थिए ।

अघिल्लो वर्ष उनलाई साइबेरियामा जहर दिइएको थियो र एक स्वतन्त्र अनुसन्धानका क्रममा रुसका सुरक्षा एजेन्टको एक टिमले उनको हत्याको प्रयास गरेको खुलेको थियो।

बेहोस अवस्थामै उनलाई जर्मनी लगिएको थियो जहाँ उपचारपछि उनी निको भएका थिए। यसै वर्षको जनवरीमा रुस फर्केका उनलाई विमानस्थलबाटै गिरफ्तार गरिएको थियो।