वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला

  • प्रकाशित मिति : २०७७ फाल्गुन १६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् ।

खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ ।



विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।