न्यूजील्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • प्रकाशित मिति : २०७७ फाल्गुन २०, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी समेत दिइएको छ ।