थप १ सय ५६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ चैत्र १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो संख्या ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।



त्यस्तै कोरोना सङ्क्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ ।