थप २६० जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर २६० कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गरिएकोमा यस्तो तथ्यांक आएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । साथै हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् ।



स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् । साथै अहिलेसम्म झण्डै २३ लाखको पीसीआर परीक्षण भएको छ ।