आज एकैदिन थपिए कोरोनाका २ सय ८८ संक्रमित

  • प्रकाशित मिति : २०७७ चैत्र २७, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालमा आज एकैदिन २ सय ८८ जनामा कोरोना पुष्टि भएको छ।

देशभर गरिएको ४ हजार ७१ पिसिआर परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३ सय ८८ पुगेको छ। त्यस्तै थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७ सय ३५ जना कोरोनामुक्त भएका छन्।

गत २४ घन्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ, नेपालमा तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन्।

हाल २६ सय १५ जना आइसोलेसन र ८४ जना क्वारेन्टिनमा छन्। त्यस्तै हालुम्म २३ लाख ६ हजार २४४ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ।