१. टाइटानिकको आधिकारिक नाम थियो – रोयल मेल स्टीमरः टाइटानिक । संक्षिप्तमा आरएमएस । यो १९ औं शताब्दिको मध्यमा प्रचलित नाम थियो किनभने त्यतिबेला मेल समयमा पुग्नका लागि ठूलो चुनौती थियो र अबेर हुँदा जहाजमाथि जरिवाना लगाइन्थ्यो । यो नाम जति पनि जहाजलाई दिइन्थ्यो त्यो समयमा पुग्ने मामिलामा अब्बल मानिन्थ्यो । टाइटानिकसमेत करिब २ सय जहाजलाई यो नाम दिइएको थियो । टाइटानिकमा करिब ३५ सय बाकस प्याकेज र दस्तावेजका थिए ।
२. टाइटानिकका अवशेष सुमद्रभित्र लगभग २.५ मील मुनी छ । जुन हिमखण्डसँग टाइटानिक ठोक्किएको थियो त्यो समुद्री सतहभन्दा सय फिट माथि थियो, बाँकी समुद्र भित्र । हिमखण्डको लम्बाई २ सयदेखि ४ सय फिट भएको अनुमान गरिन्छ ।
३. टाइटानिक सन् १९१२ को १४–१५ अप्रिलको राती २ बजेर २० मिनेटमा समुद्रमा डुबेको थियो । १६ अप्रिलमा अंग्रेजी पत्रिका ‘द लण्डन मेल’ को खबरको शीर्षक थियो – टाइटानिक संक, नो लाइव्स लस्ट (टाइटानिक डुब्यो, सबै यात्री सुरक्षित )
४. टाइटानिकका जति पनि चित्र हामीले देख्छौं, ती सबैमा चारवटा ठूलो चिम्नी देख्न सकिन्छ । तर तथ्य यो हो कि यसका तीन चिम्नीमात्रै काम गर्दथे । चौथो चिम्नी त यसलाई भव्यता प्रदान गर्नका लागि राखिएको थियो ।
५. टाइटानिकमा ६४ जीवनरक्षक डुङ्गा आउन सक्थ्यो तर जहाजमा ३० डुङ्गा मात्रै थिए । यीमध्ये थुप्रै डुङ्गामा पूरा क्षमतामा मानिसहरुलाई बसाइएको थिएन । पहिलो डुङ्गामा २८ मानिस थिए जबकी त्यसमा ६५ जनाको लागि सिट थियो ।
६. टाइटानिकको लञ्च हेर्नका लागि आयरल्याण्डको बेलफास्टमा लगभग १ लाख मानिसहरु आएका थिए ।
७. जहाजमा २,२२३ यात्री र चालक दल सवार थिए । १,५१७ यात्री बाँच्न सकेनन् । ७०६ सकुशल बाँचन सके । स्मरण रहोस्, टाइटानिकको क्षमता २५ सयभन्दा बढी थियो । बाँच्नेमा ६१ प्रतिशत प्रथम श्रेणीका यात्री थिए । तेस्रो श्रेणीका २५ प्रतिशतभन्दा कम यात्रीले आफ्नो ज्यान जोगाउन सकेका थिए ।
८. जुन समयमा टाइटानिकले जलसमाधि लियो, त्यतिबेला समुद्रको तापक्रम बरफ जम्ने तापक्रमभन्दा पनि मुनि थियो । एसएस क्यालिफोर्नियन जहाजका कप्तान थिए स्टेनली लर्डले त्यतिबेला समुद्रको तापक्रम माइन २ डिग्री मापन गरेका थिए । लाइफ ज्याकेट असोसिएशनका अनुसार मनुष्यको शरीर यो तापक्रममा ४५ मिनेटसम्म मात्रै जीवित रहन सक्छ ।
९. जेम्स क्यामरुनको टाइटानिक फिल्मले जति कमाई गरेको थियो त्यसमा ११ टाइटानिक जहाज तयार गर्न सकिन्छ । त्यतिबेला टाइटानिक ७.५ करोड डलरमा बनेर तयार भएको थियो तर आज अनुमानित रुपमा यो बनाउन २० करोड डलर खर्च लाग्छ । तर फिल्मले करिब २.२ अर्ब डलरको कमाई गरेको थियो ।
१०. जहाजको अवशेष खोज्नमा ७० वर्षभन्दा बढी समय लाग्यो । सन् १९८५ मा एक रोबोट सबमरीनको सहायताले यसको खोजी गरिएको थियो ।
११. टाइटानिक फिल्ममा अभिनेत्री केट विन्स्लेटका सबै चित्र निर्देशक जेम्सले नै बनाएका थिए ।
१२. टाइटानिकको अगाडि हिमखण्ड छ, भन्ने जानकारी ठोक्किनु ३७ सेकेन्ड अघि मात्रै थाहा भयो । त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो ।
१३. टाइटानिक एउटा यस्तो जहाज थियो जसलाई ‘द अनसिंकेबल’ अर्थात् कहिल्यै नडुब्ने जहाजको संज्ञा दिइएको थियो । टाइटानिकलाई विश्व प्रसिद्ध बनाउनमा निर्देशक जेम्स क्यामरुनको हात छ ।