काठमाडौं । चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुन्द्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भने, ‘जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुन्द्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्।’