अब ५० जनासम्म एकैपटक भिडियो च्याट गर्न सकिने, जुकरबर्गले ल्याए ‘मेसेन्जर रुम’

  • प्रकाशित मिति : २०७७ बैशाख १३, शनिबार
  • nepaltale.com

काठमाडौं । मार्क जुकरबर्ग संस्थापक रहेको फेसबुकले जुम एप जस्तै मे’सेन्जर रुम’ नाम नामक फिचर ल्याएको छ।

अब भिडियो मार्फत निःशुल्क ५० जना सम्म एकै पटक कुराकानी गर्न सकिने भएको छ।

जुकरबर्गले २४ अप्रिलमा आफै प्रत्यक्ष प्रसारण गरेर यो फिचरको उद्घाटन गरेका हुन।

लकडाउनमा घरमै रहेका मानिसहरुका लागि लक्षित गर्दै फेसबुकले नयाँ विशेषता सहितको ”मेसेन्जर रुम” ल्याएको हो।

पछिल्लो समय मानिसहरु अनलाइनमा मिटिंग गर्नको लागि जुम एपको प्रयोग गर्ने गरेका थिए।

जुममा कम्तिमा १०० जनाले ४० मिनेट सम्म कुराकानी गर्न दिने प्रविधि छ।

फेसबुकले ल्याएको यो फिचरमा असिमित समय सम्म पनि कुराकानी गर्न सकिने भएको छ।

फेसबुकको नयाँ फिचरसँगै जुमको बजार प्रतिशत खस्किएको छ। जुमको बजार ३ प्रतिसतले दैनिक बढ्ने गरेकोमा जुकरबर्गले नयाँ फिचरको प्रत्यक्ष प्रसारण गरे पछि ५ प्रतिसत मुनि झरेको छ।

फेसबुकसँगै अब इन्ट्रागामा पनि यो फिचर जोड्न सकिने छ। ह्वाटसेफमा ८ जनासम्म जोडन सकिने छ।

मेसेन्जर रुम प्रयोग गर्नको लागि मोबाइलमा पहिले रहेको फेसबुक मेसेन्जरलाई अपडेट गर्नुपर्ने हुन्छ।

नयाँ फिचरमा ‘मेसेन्जर रुम’ बटममा क्लिक गरेर यो फिचरको फाइदा उठाउँन सकिने छ।

च्याट बटममा रहेको मेसेन्जर रुममा क्लिक गरेर ग्रुप बनाउन मिल्ने भएको छ।