लन्डन । मंगला बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती भव्य रुपमा मनाएको छ ।
बेलायतको ह्यारोस्थित ह्यारो फुटबल क्लबको हलमा २ मे २०२६ मा बुद्ध जयन्ती भव्यताका साथ मनाइएको हो । अध्यक्ष इन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टिका दर्लामीले स्वागत मन्तव्य राख्नुभएको थियो । ।
उपस्थित उपासक तथा उपासिकाहरूलाई पञ्चशील प्रदान गरिएको थियो भने भन्ते इन्द्रसकले बुद्ध पूजा सम्पन्न गराउनुभयो । कार्यक्रममा नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीसहित बाक्लो उपस्थिति थियो ।