काठमाडौं । विदेश जानेका लागि सरकारी बाहेक ५ वटा यी निजी ल्याबको मात्र कोरोना परीक्षणको रिपोर्ट चल्ने भएको छ।
कोरोना रिपोर्ट नक्कली बनाउने घटना सार्वजनिक भएपछि सरकारले सरकारी बाहेक ५ नीजि ल्याबको रिपोर्टलाई मान्यता दिने जनाएको छ।
हेम्स, मेडिसिटी, स्टार, मनमोहन, युनिभर्सल कलेजलाई मान्यता दिइने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्णय गरेको हो।
हाल नेपालमा २५ वटा पीसिआर निजी ल्याब छन् भने १९ वटा ‘A’ वर्गका ल्याब छन्। १९ वटा ‘A’ वर्गमध्ये ५ वटालाई मात्र स्विकृति दिईएको छ।