६.२ रेक्टर स्केलको भुकम्पको जोरदार धक्का

  • प्रकाशित मिति : २०७८ बैशाख १५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। भारतको असाममा बुधबार बिहान जोरदार भुकम्प गएको छ। नेपाली समयअनुसार बिहान करिव ८ बजेर १५ मिनेट जादाँ भुकम्पको जोरदार धक्का महशुस भएको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको गुवाहटीभन्दा ९९ किलोमिटर उत्तरपुर्वमा केन्द्रबिन्दु बनाएर ६.२ रेक्टर स्केलको भुकम्प गएको हो।



भुकम्पको थप विवरण आउन अझै बाँकी छ। यसअघि मगंलबार राती नै नेपालमा पनि भुकम्पको धक्का महशुस भएको थियो।