पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार शुरु

  • प्रकाशित मिति : 2021-04-30
  • nepaltale.com

काठमाडौं । कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था अझै नसुध्रिएको बताइएको छ । उनलाइ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । अक्सिजनको मात्रा कम देखिएपछि बुधवार साँझ आइसियूमा राखेर उपचार थालिएको थियो ।

शुक्रवार पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ । अस्पतालमै रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।



पाँच दिनअघि कोभिड–१९ संक्रमण देखिएपछि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतिका कोरोना संक्रमण देखिएको थियो ।