हेर्नुहोस् कोरोना फैलिएको २१० देशको पछिल्लो तथ्यांक

  • प्रकाशित मिति : २०७७ बैशाख १४, आईतवार
  • nepaltale.com

काठमाडौँ, बैशाख १४। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६९ जनाको मृत्यु भएको छ भने ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार १६६ पुगेको छ भने २९ लाख २० हजार ९०५ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ६५ जनाको मृत्यु भएको छ भने ३५ हजार ४ सय १९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ हजार २ सय ५६ पुगेको छ भने ९ लाख ६० हजार ६५१ जना संक्रमित भएका छन्।

त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा ८१३ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ३१९ पुगेको छ भने १ लाख ४८ हजार ३७७ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ४१५ जना, स्पेनमा ३७८ जना, फ्रान्समा ३६९ जना, ब्राजिलमा ३७५ जना, बेल्जियममा २२८ जना, जर्मनमा ११७ जनाको मृत्यु भएको छ ।